नियम
राहदानीको लागि निवेदन दिने

(१) राहदानी लिन चाहने नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र त्यसको प्रतिलिपि सहित अनुसूची–१ बमोजिमका विभाग, नियोग वा जिल्ला प्रशासन कार्यालय समक्ष अनुसूची–२ बमोजिमको ढाँचामा तीन प्रति निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइने निवेदनमा अनुसूची–३ मा तोकिए बमोजिमको चार प्रति फाेटाे तथा अनुसूची–४ बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।

(३) नेपाली नागरिकका सोह्र वर्ष उमेर नपुगेका नाबालिग सन्तानले राहदानी लिनु परेमा निजको हकमा निजको बाबु, आमा वा संरक्षकले हालसालै खिचेको फोटो सहितको नाबालिग परिचयपत्र र त्यसको प्रतिलिपि तथा संरक्षक भएको व्यहोरा खुल्ने लिखत सहित उपनियम (१) बमोजिम निवेदन दिनु पर्नेछ । यसरी निवेदन दिदा नाबालिगको बाबु, आमा वा संरक्षकको नागरिकताको प्रमाणपत्र संलग्न गर्नु पर्नेछ ।